मधेसका मुख्यमन्त्री नियुक्ति विवादमा सुनुवाइ आज

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले तय गरेको अन्तरिम आदेशसम्बन्धी छलफल सोमबारका लागि सारिएको छ। प्रदेशसभाका ७४ सदस्यहरूको तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण यादवले दायर गरेको रिटमा आइतबार सुनुवाइ गर्ने भनिए पनि आवश्यक जवाफ नआएपछि छलफलको मिति सारिएको हो। कात्तिक ३० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको इजलासले…