काठमाडौँ । बङ्गालको खाडीबाट उत्पन्न ‘मोन्था आँधी’को प्रभाव क्रमशः कमजोर हुँदै गएपछि देशभरको मौसममा सुधार देखिएको छ। यद्यपि केही पहाडी क्षेत्रहरूमा हल्का वर्षा र हिमपातको सम्भावना अझै कायम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा आज हल्का वर्षा र हिमपात हुन सक्छ। ती क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।
पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको असरका कारण केही स्थानमा बदली देखिए पनि त्यसको तीव्रता घट्दो क्रममा रहेको विभागले बताएको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली रहँदा मधेस र अन्य प्रदेशका अधिकांश भागमा मौसम सफा रहनेछ। राति पनि यिनै प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने तर अन्य प्रदेशमा मौसम खुला रहने विभागको पूर्वानुमान छ।
























प्रतिक्रिया