breaking news

पूर्वप्रधानमन्त्री देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा आरजु राणा देउवा विरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पुर्जी जारी गरेको छ।

सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा गैरकानुनी सम्पत्ति आर्जनको आरोपमा उनीहरूमाथि यो कदम चालिएको उच्च स्रोतले जनाएको छ। हाल देउवा दम्पती विदेशमा रहेका छन्।

स्रोतका अनुसार आवश्यक परे उनीहरूलाई इन्टरपोलमार्फत पनि नोटिस जारी गरी देशमा ल्याउन सकिने व्यवस्था गरिएको छ।

गत भदौ २४ गते बूढानीलकण्ठस्थित देउवाको घरमा आगजनी भएको थियो। देउवा दम्पती घाइते भएका थिए। घरमा केही भाग जलेको अवस्थामा पैसा पनि भेटिएको भन्दै भिडिओहरू सार्वजनिक भएको थियो।

प्रकाशित : २५ चैत्र २०८२, बुधबार, ,