म्याग्दी, माघ २२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसानले यस वर्ष करिब रु। दुई करोड मूल्य बराबरको सुन्तलाको ब्यापार गरेका छन् । बयालीस घरधुरीको बसोबास रहेको दोसल्लो गाउँमा गतबर्ष सुन्तलाबाट रु एक करोड ८० लाख भित्रिएको थियो । यसपाली दाना कम लागेपनि मूल्य बढेको र नयाँ बिरुवामा दाना लागेकाले समग्रमा गत वर्षकै अनुपातमा आम्दानी…