विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् । निर्वाचन बिथोल्ने अभिव्यक्ति दिएको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएकाे छ । उनलाई सोमबार साँझ भक्तपुरस्थित निवासबाटै पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जानकारी दिएकाे छ । यसअघि उनी २३ माघमा काठमाडौंको दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ परेका थिए ।