समाचार

सुनकोशीमा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा



सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकामा पोषणमैत्री स्वास्थ्य संस्था तथा पूर्ण संस्थागत सुत्केरी वडा घोषणा सभा सम्पन्न भएको छ । कार्यक्रमले सुरक्षित मातृत्व, नवजात शिशुको स्वास्थ्य संरक्षण तथा समग्र पोषण सुधारमा स्थानीय तहको प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ।वडा नं. ७ का वडा अध्यक्ष ईश्वर तिमिल्सिनाले अध्यक्षता गर्नुभएकाे कार्यक्रममा प्रमुख अतिथि गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना रहनु भएकाे थियाे । त्यसैगरी विशेष अतिथिका रूपमा गाउँपालिका उपाध्यक्ष कान्छी लामा, तथा विशेष अतिथिका रूपमा प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र चौधरीको उपस्थिती रहेको थियो ।कार्यक्रममा वक्ताहरूले पोषणमैत्री स्वास्थ्य सेवा विस्तार, सुरक्षित तथा संस्थागत सुत्केरीको सुनिश्चितता, मातृ तथा शिशु मृत्युदर न्यूनीकरण, पोषण सुधार तथा जनचेतना अभिवृद्धिका विषयमा महत्वपूर्ण धारणा व्यक्त गर्नुभएको थियो । साथै स्थानीयस्तरमा स्वास्थ्य सेवाको पहुँच र गुणस्तर अभिवृद्धि गर्न सबै सरोकारवालाहरूको सक्रिय सहकार्य अपरिहार्य रहेकोमा जोड दिइएको थियो । कार्यक्रममा जनस्वास्थ्य कार्यालयका प्रमुख दुर्गा बजगाईं, गाउँपालिका तथा वडाका जनप्रतिनिधिहरू, कर्मचारीहरू, सरोकारवाला संघ–संस्थाका प्रतिनिधिहरू, स्वास्थ्यकर्मीहरू तथा स्थानीय जनसमुदायको उल्लेखनीय तथा उत्साहजनक सहभागिता रहेको थियो।कार्यक्रमले समुदायमा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्नुका साथै पोषणमैत्री अभ्यासलाई दिगोरूपमा अघि बढाउन प्रेरणा प्रदान गरेको छ ।

प्रकाशित : १६ चैत्र २०८२, सोमबार, ,