काठमाडौं । पूर्व शिक्षा मन्त्री तथा म्याग्दी क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित प्रतिनिधिसभा सदस्य महाविर पुन ले आगामी राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारलाई भ्रष्टाचारविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पुनले सरकार गठन भएको पहिलो दिनदेखि नै कानुनी प्रक्रिया पूरा गरेर भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने बताएका हुन्। उनले भ्रष्टाचारीहरूलाई पुनः उठ्न नसक्ने गरी कडा सजाय दिनुपर्नेमा जोड दिएका छन्।
उनका अनुसार विद्यमान कानुनले कारबाही प्रक्रियामा अवरोध पुर्याउने भए तुरुन्तै नयाँ कानुन निर्माण गर्न आवश्यक छ। “यदि सरकारले भ्रष्टाचार नियन्त्रण गर्न सकेन भने त्यो जनताप्रति ठूलो धोका हुनेछ,” उनले उल्लेख गरेका छन्।
पुनले तीन महिनाभित्रै जनताले सुशासनको अनुभूति गर्न सक्ने वातावरण बनाउनुपर्ने आवश्यकता औँल्याउँदै भ्रष्टाचार र कुशासन अन्त्यका लागि आफूले पूर्ण सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।























प्रतिक्रिया