breaking news

प्रधानमन्त्रीको तयारी तीन महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी छन्।

प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ को प्रतिवेदन, नेपाल बाल संगठनतथा बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार गरेको सुशासन मार्गचित्र, २०८२ सार्वजनिक गर्ने निर्णय गरेकी हुन्।

जसअनुसार भदौ २३ र २४ का घटनाबारेको जाँचबुझ आयोगको प्रतिवेदन आज (बुधबार) संघीय संसद सचिवालय को पुस्तकालयमा अभिलेख राखेर सार्वजनिक गरिनेछ।

यसअघि मंगलबार नै प्रधानमन्त्री कार्कीले नेपाल बाल संगठन तथा बालमन्दिरसम्बन्धी उच्चस्तरीय जाँचबुझ आयोग, २०७७ को प्रतिवेदन पनि संघीय संसद सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय गरेकी थिइन्।

 

प्रकाशित : १२ चैत्र २०८२, बिहिबार, ,