देश / प्रदेश

कस्तो रहला आज देशभरको मौसम ?



काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने र अन्य प्रदेशहरूमा मौसम प्रायः सफा रहने अनुमान गरिएको छ।

त्यस्तै, आज राति गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित : २५ कार्तिक २०८२, मंगलबार, ,