देश / प्रदेश

मधेश प्रदेशमा नयाँ मुख्यमन्त्रीमा एमालेका सरोजकुमार यादव



काठमाडौँ । नेकपा (एमाले)का सरोजकुमार यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई संविधानको धारा १६८ को उपधारा (३) बमोजिम प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्।

यसअघि मुख्यमन्त्री रहेका जितेन्द्र सोनलले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि उत्पन्न राजनीतिक अवस्थालाई मध्यनजर गर्दै प्रदेश प्रमुख सुवेदीले एमाले संसदीय दलका नेता यादवलाई सरकार गठनको जिम्मेवारी दिएकी हुन् ।

मुख्यमन्त्रीमा नियुक्त भएपछि यादवले अब प्रदेश सभाको विश्वास जित्ने प्रक्रिया अघि बढाउने तयारी गरेका छन् ।

प्रकाशित : २४ कार्तिक २०८२, सोमबार, ,