देश / प्रदेश

आज विश्व सुनामी सचेतना दिवस मनाइँदै



काठमाण्डौ – ‘सुनामी तयारीमा लगानी गरौँ’ भन्ने नारासहित आज विश्व सुनामी सचेतना दिवस मनाइँदैछ । सुनामी जोखिम न्यूनीकरणका लागि पूर्वतयारी र सामूहिक जिम्मेवारीका लागि दिवसले जोड दिएको छ ।

सुनामी जोखिममा रहेका जापानलगायत तटीय देशहरुले कार्यक्रम गर्दै आएका छन् । जापानको प्रस्तावमा शुरू गरिएको यो दिवसले सुनामी जोखिम न्यूनीकरणका लागि आवश्यक अभ्यास र ज्ञानको आदानप्रदानलाई महत्व दिँदै आएको छ ।

समुद्रभित्र ठूलो भूकम्प, ज्वालामुखी विस्फोट वा अन्य कारणबाट उत्पन्न हुने विशाल छालहरूको शृङ्खलालाई सुनामी भनिन्छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१६ देखि हरेक वर्ष नोभेम्बर ५ तारिखलाई विश्व सुनामी सचेतना दिवसका रूपमा मनाउन शुरू भएको हो ।

सन् २००४ को हिन्द महासागर सुनामीमा धेरैले ज्यान गुमाएका थिए । त्यसपछि जापानको ह्योगो क्षेत्रमा सम्पन्न कोबे सम्मेलनले १० वर्षे ह्योगो कार्ययोजना अङ्गीकार गरी विपद् जोखिम न्यूनीकरणका लागि विश्वव्यापी ढाँचा तयार पारेको थियो । यो ढाँचालाई ‘सेन्डाइ फ्रेमवर्क’ भनिन्छ ।

प्रकाशित : १९ कार्तिक २०८२, बुधबार, ,