काठमाण्डौ – काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम आज थप घटेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान काठमाण्डौ उपत्यकाको न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा झरेको हो । हिजो काठमाण्डौमा न्यूनतम तापक्रम १० दशमलव १ डिग्री सेल्सियस रहेको थियो ।
आज देशभरको मौसम सफा नै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव छैन । आज दिउँसो कोशी र वाग्मती प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान छ । बाँकी सबैजसो ठाउँमा मौसम सफा रहने अनुमान छ ।
























प्रतिक्रिया