मङ्सिर ७,काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र त्यागेर एमालेमा आएका नेता रामबहादुर थापा ‘बादल’ समूहलाई पार्टीको महाधिवेशनबाट निर्वाचन जितेर आउन सुझाव दिएका छन् । मंगलबार काठमाडौंस्थित सम्पादकहरुसँगको अन्तक्र्रिया कार्यक्रममा महाधिवेशनका सन्दर्भमा संचारकर्मीहरुले सोधेका प्रश्नको जवाफ दिँदै सो कुरा बताएका हुन् । ओलीले यस्तो सुझाव दिइरहँदा बादल भने बायाँपट्टि कुर्सीमा मन्द अनुहारमा…