नेकपा एकीकृत समाजवादी पार्टीको अन्तरिम स्थायी कमिटीमा ५ जना

काठमाडौं, भदौ १२ । नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीले पाँच सदस्यीय अन्तरिम स्थायी कमिटी गठन गरेको छ। एमाले फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टीले दलको स्थायी कमिटी सदस्यमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, वेदुराम भुसाल र प्रमेश हमाल रहेका छन्। पार्टीले छिटै राष्ट्रिय भेला बोलाउने र लगत्तै राष्ट्रिय परिषदमार्फत स्थायी समिति सदस्य, पोलिटब्युरो सदस्य…