back
noc

एमालेकाे पहिलो विधान महाधिवेशन गाेदावरिमा,जहाँ माधब, झलनाथ,र वामदेब हुनेछैनन्

ललितपुर । प्रमुख प्रतिपक्ष नेकपा (एमाले)को पहिलो विधान महाधिवेशन आजबाट सुरु गोदवारीस्थित सनराइज हलमा शुरु हुँदैछ ।देशैभरका ६ हजार भन्दाबढी नेता कार्यकर्ता सहभागी हुने उक्त महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले सवा १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ ।
महाधिवेशनमा भाग लिन सम्मेलनस्थलमा नेता कार्यकर्ता पुग्न थालिसकेका छन् । तर, एमालेको इतिहासमा पहिलोपटक हुन लागेको यो विधान महाधिवेशनमा भने एमाले बनाउने नेताहरु नै हुने छैनन् ।
अध्यक्ष ओलीले पार्टीभित्र मच्चाएको स्वेच्छाचारी र गुटगत आचरणकै कारण मुख्य नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल र वामदेव गौतम यो महाधिवेशनमा सहभागी हुँदैनन् ।
माधव र झलनाथले ओलीको प्रवृत्तिको विद्रोह गर्दै नयाँ पार्टी नेकपा (एकीकृत समाजवादी) दर्ता गरेर केन्द्र र सरकारमा सरकार बनाइसकेको अवस्था छ । एमालेमा उपाध्यक्ष रहेका बामदेव दुई हप्ताअघि मात्र राजीनामा दिएर बाहिरिएका छन् ।
एमालेका बनाउने मुख्य नेताहरु बाहिरिएको धुमिल परिस्थितिमा ओली विधान महाधिवेशन गर्नतिर लागेका छन् । ओली पार्टीको नवौं महाविधेशनबाट अध्यक्ष बनेका हुन् । १०औं महाधिवेशन आगामी मंसिरमा गर्ने घोषणा भइसकेको छ ।
एमालेले बोक्दै आइरहेको स्व. मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) सिद्धान्तको समकालीन योजनाकार बेदुराम भुसाल जस्ता नेताहरु पनि ओलीसँग छैनन् । एमालेमै रहेका जबजका अर्का अख्यानकार घनश्याम भुसालले पार्टीको केन्द्रीय समितिको बैठकमा ओलीले आफ्नो प्रतिवेदन राखेको बाला ‘अधुरो’ र ‘धुलो मिसिएको’ भनेर फरक मत दर्ज गरिसकेका छन् ।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक र उपमहासचिव विष्णु पौडेलले विधान संशोधनसम्बन्धी दस्तावेज पेश गर्दैछन् ।
त्यही दस्तावेजमाथि प्रतिनिधिहरुले समूहगत छलफल गरी समूहका नेताले रिपोर्टिङ गर्नेछन् । यो विधान महाधिवेशनले आगामी महाधिवेशनबाट नेतृत्व चयन गर्ने नयाँ बाटो तय गर्ने विश्वास गरिएको छ ।
कार्यक्रम हुने सनराइज हललाई निकै सिंगारिएको छ । यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका बादललाई दिइएको छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...