back

प्रवासी नेपाली मञ्चको तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं, माघ ११ । प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको तीन दिने प्रशिक्षक प्रशिक्षण सम्पन्न भएको छ ।

नेकपा एमाले केन्द्रीय पार्टी स्कूल बिभागसँगको समन्वयमा प्रवासी नेपाली मञ्च केन्द्रीय पार्टी स्कूल बिभागले यही जनवरी २० देखि २२ तारिकसम्म ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

प्रशिक्षणमा बिश्वभर रहेका मञ्चमा आवद्ध करिव ३ सय अगुवा नेता तथा कार्यकर्ताहरु सहभागी भएको मञ्चका उपसचिव एवं प्रचार तथा प्रकाशन बिभागका प्रमुख चानक पोखरेलले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपमहासचिव एवं पार्टी स्कूल बिभाग प्रमुख प्रदीप ज्ञवालीले जनताको बहुदलीय जनवाद (जवज) द्वारा र १०औं महाधिवेशनको कार्यदिशाबारे बिशेष प्रशिक्षण दिनुभएको छ । यस्तै स्थायी कमिटी सदस्य एवं बिदेश बिभाग प्रमुखसमेत रहनुभएका मञ्चका इञ्चार्ज डा. राजन भट्टराइले नेकपा एमाले र प्रवासबीचको अन्तर सम्बन्धबारे प्रशिक्षण दिनुभयो ।
कार्यक्रममा स्थायी कमिटी सदस्य एवं संगठन बिभाग प्रमुख काशिनाथ अधिकारीले सङ्गठन निर्माण, परिचालन र ब्यबस्थापनका बिषयमा र पोलिटब्युरो सदस्य ईश्वरी रिजालले माक्सबादी बिश्व दृष्टिकोणको बिषयमा प्रशिक्षण दिनुभएको छ ।

प्रशिक्षण कार्यक्रममा युरोप महादेश र मध्यपूर्वलाई समुह क तथा उत्तर अमेरिका, ओसियाना र पूर्वी एसियालाई समुह ख मा गरी २ समुहमा बिभाजित गरी चार नेताले चार वटा बिषयमा छुट्टाछुट्टै प्रशिक्षण दिनुभयो । सो प्रशिक्षणबाट कार्यक्रमको माध्यमबाट उल्लेख्य संख्यामा प्रशिक्षकहरु तयार पारिएको प्रवासी नेपाली मञ्चका स्कूल बिभाग प्रमुख गोबिन्द पौडेलले जानकारी दिनुभयो ।

प्रशिक्षक प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले प्रवासमा रहेका सवै सदस्यहरुलाई अहिलेको अवस्था र आगामी दिनमा गर्नुपर्ने कामबारे प्रष्ट पार्न र बिश्वभर प्रशिक्षण अभियान चलाउन प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
अध्यक्ष थापाले नेपालको बर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामको बिषयमा बिश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी गराउन समेत प्रशिक्षणले महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो ।

स्कूल बिभाग प्रमुख गोविन्द पौडेलको अध्यक्षता तथा उपप्रमुख राजु पौडेल उपाध्यायले सञ्चालन गर्नुभएको कार्यक्रममा पूर्वअध्यक्ष भक्त गुरुङ, अन्तराष्ट्रिय कमिटीका उपाध्यक्ष रमेश पाण्डे, सचिव हेम शेर्पा, उपसचिव चानक पोखरेल, कर्ण शाहीसहित सचिवालय सदस्यहरु प्रभु थापा, भक्त वाग्ले, भक्त गुरुङ, कमलमणि गुरागाइ, बिमला भण्डारीसहित अन्तराष्ट्रिय कमिटी, महादेश कमिटी, राष्ट्रिय कमिटी र क्षेत्रीय कमिटीमा आवद्ध नेताहरु सहभागी हुनुभएको छ । प्रशिक्षणमा सहभागी मञ्चका सवै नेताहरुले कार्यक्रम निकै फलदायी रहेको बताउनु भयो ।


थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ असार २ शनिवार १७:०१

काठमाडौँ, १ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

जनजिवीकामा प्रत्यक्ष असर पार्ने गरि कर उठाउन खोजेपछि सर्वत्र आलोचना

वि.सं.२०८१ जेठ २९ मंगलवार १९:४२

काठमाडौं । सरकारले बजेट तथा आर्थिक विधेयक २०८१/०८२मा आधारभूत आवश्यकताका...

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

गण्डकीका मुख्यमन्त्री पाण्डेले आज विश्वासको मत लिदै,

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:३९

पोखरा । सर्बोच्चको परमादेशसंगै जेठ १६ गते संबिधानको धारा १६८(३)...

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

३३.८ डिग्री सेल्सियस काठमाडौंको अधिकतम तापक्रम

वि.सं.२०८१ जेठ २८ सोमवार ०८:२७

काठमाडौं । देशका धेरै स्थानमा आज तापक्रम बढेको छ ।...

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन-२०६४ छिट्टै संशोधन गरेर कार्यान्वयन गर्छौ: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ २५ शुक्रवार १३:५९

काठमाडौँ, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री...

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

पैतृक सम्पत्तिमा समान अधिकारबारे जानकारी नै हुन सकेको छैन: मन्त्री चौधरी

वि.सं.२०८१ जेठ १९ शनिवार १२:०६

काठमाडौँ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले पैतृक...