समाज

आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदै


११ माघ २०८०, बिहिबार, ,


काठमाडौं ।  आज राष्ट्रियसभा सदस्यका लागि मतदान हुँदैछ । आज  निर्वाचन आयोगको कार्यतालिका बमोजिम राष्ट्रियसभाका रिक्त १९ पदका लागि मतदान हुन लागेको हो ।

निर्वाचन आयोगका अनुसार राष्ट्रियसभा सदस्यको रिक्त १९ सिटका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका थिए ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य , गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख ले मतदान गर्न पाउने व्यवस्था रहेको छ ।

आयोगका अनुसार मतदान अहिले बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ।

प्रकाशित : ११ माघ २०८०, बिहिबार, ,