खाना पकाउने ग्याससहित अत्यावश्यक वस्तुको कृत्रिम अभावप्रति विभागको कडाइ, अनुगमन तीव्र

काठमाडौँ । बजारमा खाना पकाउने ग्यास, खानेतेललगायत अत्यावश्यक उपभोग्य वस्तुको कृत्रिम अभाव देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजधानीका विभिन्न स्थानमा स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाएको छ । उपभोक्तालाई सहज राहत उपलब्ध गराउने उद्देश्यले विभागले उत्पादक, विक्रेता, पैठारीकर्ता, सञ्चयकर्ता तथा सेवाप्रदायक फर्म र प्रतिष्ठानहरूमा अन्य सक्षम निकायको सहयोगमा संयुक्त रूपमा निरन्तर बजार अनुगमन…