मुख्य समाचार

स्वास्थ्य बीमाका सेवाग्राहीमाथि भेदभाव गरिए कारबाही हुने



काठमाण्डौ – स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध बिरामीलाई सेवा दिँदा कुनै पनि प्रकारको विभेद नगर्न स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक संस्थाहरूलाई निर्देशन दिएको छ ।

बीमित सेवाग्राहीप्रति असमान व्यवहार भएको गुनासो आएपछि बोर्डले सम्बन्धित स्वास्थ्य संस्थाहरूलाई कानुनअनुसार सेवा सुनिश्चित गर्न आग्रह गरेको हो । बोर्डले सबै स्वास्थ्य संस्थाहरूलाई प्रचलित ऐन, नियमावली तथा कार्यविधिको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

अनुगमनका क्रममा कुनै पनि संस्थाले नियम उल्लंघन गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने हुने बोर्डले चेतावनी पनि दिएको छ ।

प्रकाशित : १७ चैत्र २०८२, मंगलबार, ,