काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले सचिवालय बैठक आह्वान गरेको छ।
पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे बैठक बस्ने तय गरिएको हो।
बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउपछिको पार्टी रणनीति तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।
यसैबीच ओलीको रिहाइका लागि पेस भएको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । अदालतले पूर्व प्रधानमन्त्री ओलीलाई पक्राउ गर्नुको कारण पेस गर्न सरकारका नाममा आदेश जारी गरेको हाे ।
ओलीकी पत्नी राधिका शाक्यले आफ्नो पतिलाई गैरकानूनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।























प्रतिक्रिया