back
noc

फुटको सुन्ने असर एमाले सिन्धुपाल्चोकमा कांग्रेस,राप्रपा र माअाेवादि परित्याग गरि दर्जनौ कार्यकर्ता एमाले प्रवेश

काठमाडौं,  नेकपा एमाले लिन्सखुपाखर गाउँपालीकाले अायाेजना  गरेकाे कर्याकर्ता भेला तथा पाटि प्रवेश कार्यक्रम  सम्पन्न भएको छ। नेकपा एमाले विभाजन भएर माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी गठन भए पनि सिन्धुपाल्चोकमा भने फुट र विभाजनको खासै असर नदेखिएको एमाले नेताहरुले दावी गरेका छन।

कार्यक्रमका प्रमुख अतिथि पुर्व मन्त्री अरुन नेपालले सिन्धुपाल्चोकमा एमाले लाई बलियो बनाउन भूगोल देखि केन्द्र सम्म आफुहरुले लामो समयदेखि त्याग र मिहेनत गरेको बताए। नेता नेपालले भने, ‘४० वर्षदेखि यहीं पार्टीमा लाग्दा हाम्रो खुट्टा बलियो भएको छ, लुलो खुट्टा लिएर उभिएका छैनौं ।’

कार्यक्रमका विषेश अतिथि एमाले लेखा आयोगका पूर्वसदस्य एवम् वागमती प्रदेशका सांसद सरेश नेपालले एमालेको काँधमा बन्दुक राखेर माओवादीले आफूहरुलाई प्रहार गर्न खोजेपनि त्यो सपना पूरा नभएको नेता नेपालले बताए ।सिन्धुपाल्चोकमा हामी अरु कुनै पनि पाटि अगाडि अाउन नदिने जिकिर गर्दै काङ्रेस माअाेवादि र अरु पाटिलाई धुलाे चटाउदै एमाले एक ढिका भएर जाने कुरामा कुनै दुई मत नरहेकाे नेता नेपालले दाबी गरे।                 एमाले छाडेर अर्काे पार्टीमा गएपनि माओवादी केन्द्रमा रहेका महत्वपूर्ण नेताहरु एमालेमा आएकोले एमालेलाई घाटा नभएको अर्का स्थानिय पुराना नेता कमल श्रेष्ठले बताए । जनताको मतबाट निर्वाचित संविधानसभा सदस्यहरु एमालेमा एकबताबद्ध भएकाले सिन्धुपाल्चोकमा एमाले झन् शक्तिशाली भएको उनको तर्क थियो।

  • एमाले जिल्ला कमिटी सदस्य टपिद्र तिमिल्सिनाले सिन्धुपाल्चोकमा एकताबद्ध एमाले बनाउने अभियान सुरु भएको र अब यो जिल्लाभर हुनुपर्नेमा जोड दिए ।अहिले सबै नेता एकै ठाउँमा गाेलबद्ध भईसकेकाे र सदैब हुनेछौं नेता तिमिल्सिनाले दाबि गरेका छन,अझैं उहाँ भनुहुन्न्छ हामी अब फेरि पनि सिन्धुपाल्चोकमा एमालेलाई पहिलो शक्तिको रुपमा स्थापित गर्ने बताए। अबका दिनमा गुटगत एमाले हाेईन एकता वद्द एमाले मात्र बनाउन आफुहरु लागि पर्ने नेता तिमिल्सिनाले बताए। एकताबद्ध एमाले बनाउन सबै लाग्नुपर्नेमा जोड दिदै नेता तिमिल्सिनाले सिन्धुपाल्चोकको एमालेको राजनीतिमा नेता द्वय अरुन नेपाल र सरेस नेपाल एमाले एउटै मञ्चमा रहनु भएकाले पनि सिन्धुपाल्चोक एमालेमा बिभाजनको कुनै असर नपरेको बताए।एमाले पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट सुरु गरेर आगामी कामहरु अगाडि बढाइने र एमालेलाई एक ढिक्का बनाउने पुर्ब खेलकुद मन्त्री दाबा तामाङले पनि दाबी गरेका छन  माअाेवादि भित्र कसैको पनि उज्ज्वल भविष्य नरहेकाे कुरा अवगत गराउदै लिसन्खुपालिका बासिन्दा सबैलाई एमालेमा अाउन पनि अाग्रह गरेका छन । एमाले पार्टीभित्र शीर्षनेताहरुलाई एकजुट बनाएर लैजानका लागि तल्लो तहबाटै दबाब दिनुपर्ने जाेड एमाले नेता झम्क नेपालले एकमत रहेको सन्देश दिएका  छन् । एमाले पाटि एउटा मात्र भएको र एक ढिका हुनेछ हामी अरु बिल्कपमा नभएको कुरा नेता प्रेमलाल लामाले बताए भेला तथा पाटि प्रवेश कार्यक्रममा गाउँपालिका बाट कांग्रेस परित्याग गरि दर्जनौ कार्यकर्ता एमाले प्रवेश गरेका थिए ।

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...