राजनीति

एमाले संसदीय दलको बैठक आज, नेता चयन गर्ने तयारी



काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । मंगलबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले संसदीय दलको बैठक आह्वान गर्ने निर्णय गरेको हो ।

बैठकमा संसदीय दलको नेता चयन गर्ने मुख्य कार्यसूची रहेको एक नेताले जानकारी दिएका छन् ।

यसअघि बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक तथा कानूनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो ।

साथै, सोही बैठकले आन्दोलनका विभिन्न कार्यक्रम सार्वजनिक गर्दै विरोधका गतिविधि थप सशक्त बनाउने रणनीति तय गरेको जनाएको छ ।

प्रकाशित : १८ चैत्र २०८२, बुधबार, ,