अन्तरराष्ट्रिय

चीन–पाकिस्तानद्वारा मध्यपूर्व शान्तिका लागि प्रस्ताव सार्वजनिक



काठमाडौँ । वाङ यीइशाक दारबीच मंगलबार बेइजिङमा भएको भेटवार्तामा मध्यपूर्वको पछिल्लो अवस्थाबारे समीक्षा गर्दै शान्ति स्थापना गर्न पाँच बुँदे प्रस्ताव सार्वजनिक गरिएको छ। प्रस्तावमा तत्काल युद्धविरामको आह्वान गर्दै द्वन्द्व थप फैलिन नदिन र प्रभावित क्षेत्रमा मानवीय सहायता सहज रूपमा पुर्‍याउन आग्रह गरिएको छ।

दुवै देशले छिट्टै शान्ति वार्ता सुरु गर्नुपर्नेमा जोड दिँदै इरानसहित खाडी क्षेत्रका राष्ट्रहरूको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय सुरक्षाको सम्मान गर्नुपर्ने बताएका छन्। संवाद र कूटनीतिमार्फत विवाद समाधान गर्नुपर्ने उनीहरूको धारणा छ।

साथै, द्वन्द्वका क्रममा सर्वसाधारण तथा गैर–सैन्य संरचनाको सुरक्षा सुनिश्चित गर्नुपर्ने, ऊर्जा, खानेपानी तथा शान्तिपूर्ण परमाणु संरचनामा आक्रमण नगर्नुपर्ने उल्लेख गरिएको छ।

यसैगरी, विश्व आपूर्ति प्रणालीका लागि महत्वपूर्ण मानिएको हर्मुज जलघाँटी क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र त्यहाँबाट आवागमन गर्ने जहाज तथा चालक दलको सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिइएको छ। चीन र पाकिस्तानले बहुपक्षीय सहकार्यलाई प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको भूमिकालाई अझ सशक्त बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

प्रकाशित : १८ चैत्र २०८२, बुधबार, ,