back
noc

सुर्यविनायक नगरपालिकामा कंाग्रेस अधिवेशनकाे रौनक,रबि राणाको प्यानल बिजय उन्मुख

भक्तपुर । सूर्यविनायक नगरपालिका नेपाली कांग्रेसको नगर अधिवेशनको सारगर्मी बढेको छ । आउँदो आइतबार नगरको नयाँ कार्यसमिति चयनका लागि अधिवेशन हुँदैछ । उम्मेद्वारहरुको मनोनयन दर्ता शनिबारका लागि तोकिएको छ ।
अधिवेशनमा दुई प्यानल खडा हुने निश्चित भएको छ । पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले छुट्टाछुट्टै उम्मेद्वारको प्यानल घोषणा गरेका छन् ।
सभापति देउवा पक्षले निशान ढुंगेलको नेतृत्वमा प्यानल घोषणा भएको छ भने पौडेल पक्षले रबि राणाको नेतृत्वमा छुट्टै प्यानल सार्वजनिक गरिसकेको छ । यसले पनि सहमतिबाट नगरको नयाँ कार्यसमिति चयन हुने संभावना टरेको स्पष्ट भएको छ ।
नगरमा राणा नेतृत्वको प्यानल सशक्तरुपमा अगाडि आएको छ । यो प्यानलले उपसभापतिद्वयमा दिनेश न्यौपाने र महेश न्यौपाने, सचिवद्वयमा उपेन्द्र तिमलसिना र लक्ष्मण थापा र सहसचिवहरुमा रुपक न्यौपाने र राम गोतामेलाई सशक्त उम्मेद्वारको रुपमा अगाडि ल्याएका छन् ।
यो नगरमा झण्डै ३०० जना अधिवेशनका लागि प्रतिनिधि छन् । उनीहरु वडा अधिवशेनबाट छनौट भएर आएका हुन् । राणा प्यानलमा आवद्ध उम्मेद्वारहरु समाज सेवा र निष्ठाको राजनीतिमा प्रतिवद्ध रहँदै आएका इमान्दार नेताहरुको रुपमा परिचय बनाइसकेका पात्र हुन् ।
यो प्यानलबाट सदस्यमा समाजसेवी अर्जुनप्रसाद डोटेलले उम्मेद्वार घोषणा गरेका छन् । उम्मेद्वारी दर्ता शनिबार गर्दैछन् । राणाको प्यानल नगरमा बलियो र निकै अगाडि देखिएको छ । अधिकांश प्रतिनिधिहरुमाझ्मा प्यानलले राम्रो छाप छोडन सफल देखिन्छ । यो प्यानलको जितलाई कसैले रोक्न नसकिने चर्चा नगरभित्र व्यापक बनेको छ ।
कांगेसको १४औं महाधिवेशन प्रक्रियाअन्तर्गत कांग्रेसले दशैं अगाडि पालिका/नगरको अधिवेशन सम्पन्न गर्दैछ । महाधिवेशन आगामी मंसिर ९–१३ मा काठमाडौंमा गर्ने तालिका रहेको छ । महाधिवेशनमा देउवा र पौडेलले सभापतिमा उम्मेद्वार दिने पक्कापक्की जस्तै छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...