काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलका नेता–कार्यकर्तालाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्ने र प्रतिबन्ध लगाउने प्रयास भइरहेको टिप्पणी गरेका छन् । केन्द्रीय समिति बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमार्फत उनले जेन–जी आन्दोलनपछि बनेको गैरदलीय सरकारका बीच पनि लोकतान्त्रिक उपलब्धिहरूमाथि संकट कायम रहेको बताए । “विभिन्न बहानामा अराजकता फैलाउने, संविधान खारेज गर्ने, अन्तरिम…