राजनीति

देउवाको टाउकोमा १२ टाँका



काठमाडौं । भदौ २४ गते भएको जेएनजीको हिंसात्मक आन्दोलनमा जेएनजीको आक्रमणमा परी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा घाइते भएका थिए । सो आक्रमणमा परी देउवाको टाउकोमा गम्भीर चोट लागी १२ वटा टाँका लगाइएको छ । जेनजी आन्दोलनको क्रममा आफ्नै निवास बूढानीलकण्ठमा आक्रमणमा परेका देउवाको टाउकोमा गम्भीर चोट लागेको र टाउकोमा १२ वटा टाँका लगाइएको कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
‘हामी सुरुमा अतालिएका थियौँ । उहाँहरू (देउवा र आरजु देउवा)को अहिले सामान्य अवस्थामा फर्किँदै हुनुहुन्छ,’ शुक्रबार पार्टी बैठकको निर्णय सुनाउने क्रममा उनले भने, ’उहाँ (देउवा)को गर्धनभन्दा माथि टाउकोमा गम्भीर चोट लागेको छ । त्यहाँ १२ वटा टाँका लगाइएको छ।निको हुँदै गएको छ ।’
उनका अनुसार चिकित्सकले धारिलो हतियार प्रहारबाट उक्त चोट लागेको भनेको र कसले के हतियारले प्रहार ग¥यो भन्ने अहिलेसम्म नखुलेको पनि बताए ।
‘लोकतन्त्रका लागि अविचलिन योगदान गर्नु भएको पार्टी सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवामाथि भएको अमानवीय र बर्बर घटनाप्रति कडा शब्दमा निन्दा र भत्र्सना गर्दछ’ विश्वकर्माले भने ।

प्रकाशित : ४ आश्विन २०८२, शनिबार, ,