काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित नयाँ निवासमा सार्वजनिक भएका छन्।
भदौ २३–२४ को जेनजी आन्दोलनपछि प्रधानमन्त्री पदबाट राजीनामा दिएका ओलीलाई भेट्न नेता, कार्यकर्ता र युवाहरूको बाक्लो उपस्थिति थियो। भेटघाटमा उपस्थितहरूले उनलाई फोटो खिचेका छन्, तर ओलीले कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।
जेनजी आन्दोलनको क्रममा बालकोटस्थित निवास जलेर ध्वस्त भएपछि गुण्डुमा भाडाको घर लिएर ओली बस्दै आएका छन्। दैनिक सयौं नेता–कार्यकर्ता भेटघाटका लागि गुन्डु पुग्ने र तस्विर खिच्न भिड लाग्ने गरेको छ।























प्रतिक्रिया