काठमाडौं,नेकपा एमालेमा केन्द्रीय कमिटीको संख्या २५१ सदस्य कायम गर्ने प्रस्ताव गरिएको छ ।
पार्टी उपाध्यक्ष विष्णु पौडेलले शुक्रबार दोस्रो विधान महाधिवेशनमा प्रस्तुत प्रस्तावित संशोधनमा यस्तो प्रस्ताव गरेका हुन् । प्रस्तुत प्रस्तावित विधान संशोधन प्रस्तावमा ३०१ सदस्यीय कमिटीलाई घटाएर २५१ कायम गरिएको छ ।
संशोधन प्रस्तावमा १५ जना पदाधिकारीसहित केन्द्रीय कमिटीको संख्या २ सय ५१ सदस्यीय हुने व्यवस्था अघि सारिएको छ । प्रस्तावित संशोधन विधानलाई यसअघि केन्द्रीय कमिटीले पारित गरिसकेको छ ।
विधानको धारा १६ (२) मा ३ सय १ को केन्द्रीय किमिटीलाई संशोधन गर्दै १५ सदस्यीय पदाधिकारी सहित २ सय ५१ को केन्द्रीय किमिटी हुने प्रस्ताव उपाध्यक्ष पौडेलले गरेका छन् ।
प्रस्तावमा वरिष्ठ उपाध्यक्षको व्यवस्थालाई हटाइएको छ । ६ उपाध्यक्षको संख्यालाई घटाएर ३ मा झारिएको छ । प्रस्तावअनुसार अध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ सतिह १५ जना पदाधिकारी रहने गरी प्रस्ताव गरिएको छ । पदाधिकारीमा महिला एकजना अनिवार्य गरिएको छ ।
स्थायी कमिटी र पोलिटव्यूरो सदस्यको संख्या पनि घटाइएको छ । धारा १७ (२) को ४५ सदस्यीय स्थायी कमिटीलाई घटाएर पार्टीका १५ जना पदाधिकारीलाई नै कायम गर्ने प्रस्ताव गरिएको छ ।























प्रतिक्रिया