breaking news

संविधान दिवस भव्यतापूर्वक मनाउन एमालेको आह्वान



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले यस वर्षको संविधान दिवसलाई भव्य र विशेष ढङ्गले मनाउन आफ्ना सबै तहका संगठनलाई निर्देशन दिएको छ ।

पार्टी महासचिव शंकर पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा वर्तमान संविधानलाई नेपाली जनताको ऐतिहासिक बलिदान र सङ्घर्षको उपलब्धि भन्दै यसलाई लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय सार्वभौमिकताको आधारशिला भएको उल्लेख गरेका छन् ।

विज्ञप्तिमा हालै २३ र २४ भदौमा भएका दुःखद घटनाले मुलुकमा राजनीतिक अस्थिरता बढेको र सङ्घीय लोकतान्त्रिक व्यवस्थाविरुद्ध षड्यन्त्रहरू भइरहेका भन्दै संविधानको संरक्षण र स्थायित्वका लागि पार्टी संगठनहरूलाई सक्रिय रहन आग्रह गरिएको छ ।

एमालेले असोज ३ गते सबै प्रदेश र जिल्ला तहमा संविधान दिवसका कार्यक्रम भव्य रूपमा आयोजना गर्न निर्देशन दिएको छ । काठमाडौं उपत्यकामा भने केन्द्रीय स्तरको विशेष कार्यक्रम पार्टी कार्यालय च्यासलमा हुने उल्लेख विज्ञप्तिमा गरिएको छ ।

प्रकाशित : १ आश्विन २०८२, बुधबार, ,