काभ्रे २६ माघ ।वैकल्पिक उर्जाको रुपमा हाइड्रोजन ग्यास प्रयोग गरेर धुलिखेल–काठमाडौं रुटमा २ वटा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ।पेट्रोल वा डिजेल इञ्जिनलाई विस्थापन गरेर इन्धनको रुपमा हाइड्रोजन ग्यास प्रयोग गरी २ वर्षभित्र नमूनाको रुपमा बस सन्चालन गर्ने गरी काठमाडौं विश्विद्यालय (केयू), धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।…