back
noc

धुलिखेल काठमाडौं रुटमा हाइड्रोजन बाट बस सन्चालन गर्ने तयारी

काभ्रे २६ माघ ।वैकल्पिक उर्जाको रुपमा हाइड्रोजन ग्यास प्रयोग गरेर धुलिखेल–काठमाडौं रुटमा २ वटा बस सञ्चालन गर्ने तयारी शुरु भएको छ।पेट्रोल वा डिजेल इञ्जिनलाई विस्थापन गरेर इन्धनको रुपमा हाइड्रोजन ग्यास प्रयोग गरी २ वर्षभित्र नमूनाको रुपमा बस सन्चालन गर्ने गरी काठमाडौं विश्विद्यालय (केयू), धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

‘इन्धनको लागि पेट्रोलियम पदार्थको प्रयोगले लागत बढ्नुका साथै वातावरणमा पनि त्यसको असर पर्दै आएको छ, वैकल्पिक उर्जाको रुपमा हाइड्रोजनको प्रयोग गर्न सानो प्रयास थालेका हौं,’ केयूस्थित ग्रिन हाइड्रोजन ल्याबका प्रमुख विराजसिं थापाले भने, ‘नमूनाको रुपमा पहिलो चरणमा २ वटा बसबाट सेवा सञ्चालन हुनेछ ।’

केयूको प्राज्ञिक–औद्यागिक संयोजक राम लामाका अनुसार वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र, नेपाल आयल निगमलगायत निकाय समेतको सहयोगमा केयूमा डेढ वर्षदेखि हाइड्रोजन ग्यासका बारेमा अध्ययन अनुसन्धान भइरहेको छ ।

हाइड्रोजन ग्याससम्बन्धी नीति बनाउन सरकारले गठन गरेको कार्यदलका सदस्यसमेत रहेका थापाका अनुसार पानीमा ८० देखि ९० प्रतिशत हाइड्रोजन हुन्छ । विद्युतको माध्यमबाट त्यसलाई छुट्याइन्छ । एक किलोग्राम हाइड्रोजनमा ३० युनिट बराबर बिजुली हुन्छ । हाइड्रोजनलाई वैकल्पिक उर्जाको रुपमा प्रयोग गर्न सकिए त्यसले शून्य कार्वन उत्सर्जनमा सहयोग गर्ने थापाले बताए ।

समझदारीमा काठमाडौं विश्वविद्यालयका उपकुलपति भोला थापा, धुलिखेल नगरप्रमुख अशोककुमार व्याञ्जु श्रेष्ठ र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष जयबहादुर राईले हस्ताक्षर गरेका छन् ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...