back
noc

हिउँ खेल्न जंगलमा हराएका एकै परिवारका ५ जनालाई प्रहरीले गर्‍यो उद्दार

काठमाडौंको २४ माघ। पर्यटकीय स्थल चन्द्रागिरि डाँडामा हिउँ खेल्न जाँदा जंगलमा हराएका पाँच जनालाई प्रहरीले पाँच घण्टाको प्रयासपछि उद्धार गरेको छ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार चन्द्रागिरि जंगलमा हराएका एकै परिवारका ५ जनालाई प्रहरीले आइतबार राति सवा १ बजे सकुशल उद्धार गरेको हो।

प्रहरीलाई मानिस हराएको सूचना प्राप्त भएपछि महानगरीय प्रहरी वृत्त (थानकोट) बाट प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेय र महानगरीय नगर प्रहरी कार्यालय (भृकुटीमण्डप) बाट प्रहरी नायब उपरीक्षकको नेतृत्वमा विपद् व्यवस्थापन गुल्म (सामाखुसी) समेत ३७ जनाको टोली खोजीमा जुटेको थियो।
टोलीले ५ घण्टा लामो खोजीपश्चात् चन्द्रागिगिरि जंगलबाट राति सवा १ बजे काठमाडौं चन्द्रागिरि नगरपालिका वडा नम्बर ६, महादेवस्थानका २३ वर्षीया रीता गुरुङ, वर्ष १५ का सौभाग्य गुरुङ, वर्ष १३ का सहज गुरुङ, वर्ष ११ की जेनिशा गुरुङ र वर्ष ७ का एरविन गुरुङको सकुशल उद्धार गरेको हो। उनीहरु एकै परिवारकाे भएकाे प्रहरीले जनाएकाे छ। उनीहरू आइतबार दिउँसो हिउँ खेल्न चन्द्रागिरि डाँडा जाँदा बाटो बिर्सेर जंगलमा हराएको बुझिएको छ ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...