खेलकूद

एमालेनिकट खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत


२४ माघ २०७८, सोमबार, ,


काठमाडौं, नेकपा एमालेनिकट नेपाल खेलकुद महासंघको संयोजकमा पर्शुराम बस्नेत चयन भएका छन् । राष्ट्रिय युवा संघ नेपालका पूर्वउपाध्यक्ष समेत रहेका बस्नेत पदाधिकारी बैठकबाट खेलकुद महासंघको संयोजकमा चयन भएका हुन् ।

रमेश पौडेल अध्यक्ष रहेको कमिटीमा बस्नेत वरिष्ठ उपाध्यक्ष थिए । पौडेल एमले केन्द्रीय सदस्य मनोनित भएपछि बस्नेतलाई कमिटीको संयोजकमा बाटो खुलेको हो ।

एमाले स्थायी कमिटी सदस्य तथा जनवर्गीय संगठन संयोजन संयन्त्रका इन्चार्ज भानुभक्त ढकाल, खेलकुद महासंघका इन्चार्ज गोकुल बास्कोटा, रचना खड्कालगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले १९९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।
केन्द्रीय कमिटीको पहिलो बैठकले अन्य पदाधिकारी चयन गर्ने महासंघका प्रवक्ता उमेश केसीले जानकारी दिए ।

प्रकाशित : २४ माघ २०७८, सोमबार, ,