back
noc

लागूऔषध विक्रि वितरण गर्ने ३ जना पक्राउ

काठमाडौं २५ माघ । लागूऔषध विक्रि वितरण गरेको आरोपमा बूढानीलकण्ठ नगरपालिका वडा नं.१० कपनस्थित आकाशेधाराबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य रुपमा लागूऔषध ओसारपसार गर्ने गरेको जानकारी पाएपछि प्र.स.नि.दिपक रावतको कमाण्डमा खटिएको प्रहरी टोलीले पासाङ छिरिङ शेर्पालाई सडकखण्डमा शंस्कास्पद अवस्थामा फेला पारी छानबिन सुरु गरेको थियो । निजको खानतलासी गर्दा उनी बस्ने कोठामा ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ६ ग्राम फेला परेको छ । सोधपुछ गर्दा पासाङले उक्त धुलो पदार्थ आफ्नो नभई साथीले राख्न दिएको भनेपछि उनको साथीको पनि खानतलासी सुरु गरिएको थियो ।

सोधपुछ गर्दा उनले तेन्जिङ शेर्पा नाम गरेका साथीबाट उक्त धुलो पदार्थ खरीद गर्ने गरेको बताए । त्यसपछि प्रहरीले खगेसको सहयोगमा तेन्जिङको कोठामा खानतलासी गर्दा उसको कोठाबाट ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ १६.८ ग्राम फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषध ओसारपसार गरेर प्रयोग गरिरहेका यी तिनैजनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धानको लागि हिरासतमा राखेको छ


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

आज लक्ष्मी पूजा :  लक्ष्मीको पूजा आराधना गरिँदै

आज लक्ष्मी पूजा : लक्ष्मीको पूजा आराधना गरिँदै

वि.सं.२०७९ कात्तिक ७ सोमवार १२:५१

भक्तपुर, यमपञ्चक अन्तर्गत आज (सोमबार) धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक...

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

नेपाली कांग्रेसबाट सिन्धुपाल्चोकको क्षेत्र नं-१मा बागी उम्मेदवार बनेका रामकुमार जिसीको चर्चा यतिबेला निकै चुलिएको छ।

वि.सं.२०७९ कात्तिक ६ आइतवार १६:४२

सिन्धुपाल्चोक ,नेकपा एमालेका सरेस नेपाल र नेपाली कांग्रेस नेतृत्वको बाम...

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

नेकपा एमाले सिन्धुपाल्चोकले प्रतिनिधि सभा र प्रदेश सभाका लागि सिफारिस गर्यो यी नेताहरुको नाम प्रत्यक्ष तर्फ एक नम्बरमा अरुन नेपाल

वि.सं.२०७९ भदौ १८ शनिवार २०:५३

काठमाडौं । नेकपा एमाले सिन्धुपाल्चोक जिल्ला उम्मेदवार सिफारिस कार्य सम्पन्न...

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

कुशल यातायात ब्यवसायी खत्री अरनिको यातायात प्रा. लि. को अध्यक्षमा निर्वाचित

वि.सं.२०७९ भदौ १७ शुक्रवार २१:२७

काठमाडौं । राजधानी पूर्वका सात बढी जिल्लामा लामो समयदेखि यातायात...