काठमाण्डौ - शिक्षामन्त्री सस्मित पोखरेलले एसइइ दिएका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ब्रिज कोर्स र तयारी कक्षा मात्र रोक्ने निर्णय गरिएको बताउनुभएको छ । हिजो मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूको प्रश्नमा उहाँले एसइइ दिइसकेका र कक्षा ११ मा जान तयारी गरिरहेका विद्यार्थीलाई लक्षित गरेर सञ्चालन हुँदै आएका ट्युसन सेन्टर र ब्रिज कोर्सलाई रोक्ने निर्णय गरिएको बताउनुभयो…