शिक्षा

बालमन्दिर माविका विद्यार्थीलाई न्यानो पोशाक वितरण



सुलीकोट । गोरखा नगरपालिका–६ स्थित बालमन्दिर माविका २१० जना विद्यार्थीलाई न्यानो पोशाक वितरण गरिएको छ । रोटरी क्लब अफ कुपण्डोल ललितपुरले सोमबार बालमन्दिर माबिका इसिडी देखि कक्षा १० सम्मका सबै विद्यार्थीलाई न्यानो पोशाक वितरण गरेको हो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा रोटरीक्लबका कुपण्डोलका अध्यक्ष नारायण पाण्डे, पूर्व अध्यक्ष हरिाम कोइराला, लगायतको उपस्थितीमा टिर्सट, कापी र ट्रयाकसुट वितरण गरिएको विद्यालयले जनाएको छ ।

गोरखा सदरमुकाम नजिक भएता पनि बाल मन्दिर माबिमा आर्थिक अवस्था कमजोर र अपाङ्गता, अशक्त विद्यार्थीहरु धेरै भएकाले सामाजिक संघसंस्थाको सहयोगले विद्यार्थीलाई निकै राहात पुगेको विद्यालयका प्राधानध्यापक भार्गभबाबु पाण्डेले जानकारी दिनुभयो ।

बालमान्दिर माविमा विद्यार्थीहरुको पठनपाठनलाई सहज बनाउने उद्येश्यले सहयोग सामग्री वितरण गरिएको रोटरी क्लबले जनाएको छ । रोटरी क्लब अफ कुपण्डोलले शिक्षा क्षेत्रमा सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको बताउँदै आगमी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने क्लबका अध्यक्ष नारायण पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

त्यस्तै, विद्यालयका प्राधानाध्याक भार्गवबाबु पाण्डेले विद्यार्थीमा दिइने सहयोगले विद्यार्थीहरुको मनाबेल बढ्ने र नियमित पठनपाठनमा सकारात्मक प्रभाव पर्ने स्पष्ट पार्नुभयो ।

सहयोग सामग्री पाएपछि विद्यार्थीहरु उत्साहित देखिन्थे । अभिभावकहरुले पनि सहयोग प्रति आभार व्यक्त गर्दै यास्ता सामाजिक संस्थाहरुको सक्रियाताले विपन्न विद्यार्थीहरुको भविष्य उज्यालो हुने बताएका छन् ।

रोटरी क्लब कुपोण्डलका प्रतिनिधी महेन्द्रजंग शिवाकोटी, सुनिता पाण्डे, करुण शिवाकोटी, राधा कोइराला, रिता देवकोटा, गोरखा नगरपालिका–६ का वडा अध्यक्ष राजेन्द्र कुमार जोशी र रोटरी क्लब अफ गोरखाका अध्यक्ष रामस्वरुप श्रेष्ठ लगाएतका सहभागिता रहेको थियो ।

प्रकाशित : २९ मंसिर २०८२, सोमबार, ,