अरुणिमा शिक्षा सदन मा.विको अभिभावक दिवस भव्यरुपमा सम्पन्न

काठमाडौंको, बौद्ध, महाङ्कालस्थित अरुणिमा शिक्षा सदन माध्यमिक विद्यालयले २०८२ फाल्गुन २ गते शनिवारका दिन विविध कार्यक्रमसहित भव्य र सभ्य रूपमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डा. बाबुराम ढुङ्गानाको अध्यक्षतामा अभिभावक दिवस सम्पन्न गरेको छ । नेपाली साहित्यमा छुट्टै पहिचान बनाउन सफल विशिष्ट साहित्यकार तथा प्रशासक त्रिलोचन आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा पूर्व प्रशासक एवम् प्रतिष्ठानका…