शिक्षा ऐन जारी नभए आन्दोलन गर्ने शिक्षक महासङ्घको चेतावनी

काठमाडौं  – नेपाल शिक्षक महासङ्घले साउन २१ गतेभित्र विद्यालय शिक्षा ऐन जारी नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । महासङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गरी अबको २० दिनभित्र विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई अल्टिमेटम दिएको हो । महासङ्घले संसद्को शिक्षा समितिमा विधेयकमाथि चलिरहेको छलफल छिटो सकेर प्रतिनिधिसभामा पेश गर्न र यही साउन २१ गतेभित्र…