शिक्षा

बिद्यालय शिक्षा विधेयकमा नीजी तथा आवासीय बिद्यालयका ५ असहमति



सिन्धुपाल्चोक, प्रस्तावित बिद्यालय शिक्षा विधेयकमा नीजी तथा आवासीय बिद्यालय अर्गनाइजेसन नेपाल प्याप्सन्को ५ असहमी रहेको छ । आज सदरमुकाम चौतारामा एक अन्तर्कृया कार्यक्रममा प्याप्सनले कम्पनीमा दर्ता गरेर  गैरनाफामुलक बनाउन नसकिने,  पूर्ण छात्रवृत्ति प्रदान गर्न नसकिने,  पोसाक, पुस्तक, खाना (स्कूलमा  उत्पादन नहुने) सेवा दिन नसकिने,
छात्रवृत्ति बितरण स्कूलको अधिकार वा स्थानीय सरकारको  सहभागिता हुनुपर्ने,
स्कुल र बोर्डिङ का बिद्यार्थीलाइ समान अवसर हुनुपर्ने वा आरक्षणको समानता  सरकारले दिने 45% मा हुनुपर्ने माग राखेका छन ।
हाल १०% छात्रवृत्ति प्रदान गरेको छ ।
हामीले सेवा दियेका छौ । कम्पनिमा दर्ता गरिएको छ । लागानी छ । कर्जा,  किस्ता सबै छ । प्रकोप को सामना गरेका छौ ।  गैरनाफा कसरी सम्व्भव छ ? कम्पनीमा दर्ता गरेर कसरी गैर नाफामूलक हुन्छ ? सरकारले हतोत्साहित गरेको प्याप्सन्को आरोप छ ।
कार्यक्रममा प्याप्सनका जिल्ला अध्यक्ष बुद्धि प्र आचार्य सहित जिल्लाभरका सबै नीजी बिद्यालयका प्रतिनिधि ,  प्रदेश सहसचिव ॐ प्रकाश उप्रेती, केन्दिय प्रतिनिधि बिजयकृष्ण श्रेष्ठ र दिनेश थापा, मानव अधिकारकर्मी नातीवाबु धिताल, राजनीतिक दलका प्रतिनिधिको उपस्थिति रहेको थियो ।

प्रकाशित : ११ भाद्र २०८२, बुधबार, ,