काठमाडौँ,३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । प्रधानमन्त्री निवास,बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले काभ्रेको वनेपामा निर्माण हुने सो स्टुडियो शिलान्यास गर्नुभएको हो । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल…