परराष्ट्रमन्त्री आरजु राणा देउवाले भोटेकोशी गाउँपालिका– २ मा रहेको तातोपानी धारामा निर्मित स्नानगृह भवनको उद्घाटन गरेकी छिन्। नेपाल–चीन सीमामा घुम्न आउने पर्यटक र तीर्थयात्रीलाई लक्षित गरेर भोटेकोशी गाउँपालिकाकाे अगुवाइमा स्नानगृह निर्माण भएको हो। ६ करोड लागतमा दुई पक्की भवन निर्माण सम्पन्न भएको गाउँपालिका अध्यक्ष पासाङ नोर्बु शेर्पाले बताए। स्विमिङपुल,बगैंचा र अन्य संरचना बन्न बाँकी रहेको…