काठमाडौँ । आईसीसी टी–२० पुरुष विश्वकप २०२६ मा नेपालले आज विश्व विजेता इंग्ल्यान्डविरुद्ध ऐतिहासिक खेलबाट आफ्नो अभियान सुरु गर्दैछ। भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको प्रतियोगिताअन्तर्गत नेपाल र इंग्ल्यान्डबीचको खेल मुम्बईस्थित वानखेडे स्टेडियममा दिउँसो ३:१५ बजे सुरु हुनेछ। नेपालले लगातार दोस्रोपटक टी–२० विश्वकपमा सहभागिता जनाउँदैछ। कप्तान रोहित पौडेलको नेतृत्वमा नेपाली टोली नयाँ इतिहास रच्ने लक्ष्यसहित…