back

फार्मेसीका नाममा भइरहेका गैरकानूनी काम रोकिनु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत

काठमाडौं, ८ असोज : स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले फार्मेसीका नाममा भइरहेका गैरकानूनी कामहरु बन्द हुनु पर्ने बताएका छन् । नेपाल फार्मेसी संघले विश्व फार्मेसी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले फार्मेसी नै नपढेका मानिसहरुले फार्मेसी चलाउने गरेको, दर्ता नै नगरि फार्मेसी चलाउने गरेको, नविकरण नै नगरि फार्मेसी चलाउने गरेको, अर्कैको सर्टिपिकेट राखेर फार्मेसी चलाउने जस्ता गैरकानूनी काम फार्मेसीको क्षेत्रमा भइरहेकाले यस्ता गतिविधि तत्कालै रोकिनु पर्ने बताएका छन् । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागको नेतृत्वमा फार्मेसीहरुको अनुगमन तिव्र पारेको बताउदै मन्त्री बस्नेतले कानून विपरित सञ्चालित फार्मेसीहरुलाई सचेत गराउनेदेखि सिल गर्नेसम्मका कारवाही अगाडि बढाइएको जानकारी दिए । उनले भने, ‘फर्मासिस्टको तुलनामा फार्मेसीको संख्या बढी रहेको पाइएको छ । यो हुनु हुदैन । कानून बिपरित अर्कैको फोटो झुण्ड्याएर फार्मेसी चलाउनेहरुलाई कारवाही गर्छौ । ’ देशमा फार्मेसी पढेकाले काम नपाएर बस्नु पर्ने तर नपढेकाहरुले अर्कैको फोटो झुन्ड्याएकै भरमा फार्मेसी चलाउने प्रवृति अन्त गर्नु पर्नेमा मन्त्री बस्नेतको जोड थियो । स्वास्थ्य क्षेत्र सुधारका लागि आफू दिनरात नभनि लागिपरेको दावी गर्दै मन्त्री बस्नेतले निजी अस्पतालहरुमा समेत विपन्नका लागि १० प्रतिसत शैया नि:शुल्क गर्न सक्नु, पावरका भरमा काजमा रहेका साडे ८ सय स्वास्थ्यका कर्मचारीको काज फिर्ता गर्न सक्नु र केन्द्रीय अस्पतालहरुका साडे ३ हजार जनरल शैया विपन्नका लागि नि:शुल्क गर्न सक्नु चानचुने कुरा नभएको बताए ।
कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले जनताले गुणस्तरीय औषधिका साथै औषधिका बिषयमा सही सूचना प्राप्त गर्नका लागि फार्मेसीमा फर्मासिस्ट हुनै पर्ने बताए । उपभोक्तालाई औषधिका बिषयमा सही सूचना प्रदान गर्ने जिम्मेवारी पनि फर्मासिस्टको भएको महानिर्देशक ढकालले बताए ।
नेपाल फार्मेसी काउन्सिलका अध्यक्ष प्रज्ज्वलजंग पाण्डेले औषधि क्षेत्रको विकासमा फार्मेसी र फर्मासिस्टहरुको अहं भूमिका रहेको स्मरण गरे । फर्मासिस्ट औषधि पशलेमात्र हो भन्ने मनसायबाट फर्मासिस्ट गाइडेड हुनु नपर्नेमा पाण्डेको जोड थियो ।
कार्यक्रममा नेपाल फार्मेसी संघका अध्यक्ष किरण ढकालले फार्मेसी र फर्मासिस्ट एउटै सिक्काका दुई पाटो भएकाले यसको विकासमा सरकारले पनि ध्यान दिनु पर्ने बताए । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै संघकी उपाध्यक्ष मिना भट्टले नेपालमा सहायक स्तरमा फर्मासिस्टको संख्या १२ हजार र ६ हजार फर्मासिस्ट गरि कुल १८ हजार फर्मासिस्ट भएको जानकारी दिइन ।


सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

सुनकाे भाउ अहिलेसम्मकै उच्च ।

वि.सं.२०८० मंसिर १७ आइतवार १४:२५

काठमाडौं मङ्सिर १७।नेपाली बजारमा आज सुनको मूल्य हालसम्मकै उच्च रेकर्ड...

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

आज १०बजे एमाले अध्यक्ष ओलीले संवोधन गर्ने :यसरी रंगियो राकम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:१५

दैलेख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संवोधन गर्ने...

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

यी दुई प्रदेशमा हिमपातको सम्भावना:आजको मौसम

वि.सं.२०८० मंसिर १७ आइतवार ०९:०३

काठमाडौ । आज  कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक...

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

दुर्गा प्रसाईलाई आफ्नै घरमा नजरबन्द

वि.सं.२०८० मंसिर ८ शुक्रवार १४:१९

काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई आफ्नै घरमा नजरबन्द गरिएको...

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

क्रिकेटको ब्याटिङमा उत्रिएपछी….

वि.सं.२०८० मंसिर ७ बिहीवार १९:१८

पोखरा । समकालीन राजनितीमा छुट्टै पहिचान बनाएका नेकपा (एमाले)का अध्यक्ष...

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

तातोपानी नाकामा हुने बेथिति रोक्न सरकार सग पहल

वि.सं.२०८० मंसिर ४ सोमवार १३:४०

तातोपानी । चीनसँग जोडिएको उत्तरी तातोपानी नाका ब्यापार सहजीकरण सम्बन्धी...