सुनिताको भाग्य भित्र जीवन सार्वजनिक

काठमाडौं, चर्चित नृत्यांगना सुनिता बस्नेत निषेधाज्ञा खुकुलो भएयता नृत्य प्रशिक्षकसंगै म्युजिक भिडियो निर्देशनमा समेत ब्यस्त बनेकी छन् । उनको कोरियोग्राफी रहेको ‘भाग्य भित्र जीवन’ बोलको म्युजिक भिडियो फुलारा इन्टरटेनमेन्ट नेटवर्क र श्याम खत्रीको संयुक्त निर्माणमा बनेको हो । युवा साहित्यकार एवं गीतकार भीष्मराज फुलाराको शब्द ‘भाग्य भित्र जीवन’ बोलको गीतमा अञ्जु पन्तको स्वर रहेको छ…