back
noc

स्थानीय निर्वाचन घोषणालाई एमालेले गर्‍यो स्वागत

काठमाडौं २५ माघ । प्रमुख विपक्षी दल एमालेले स्थानीय तहको निर्वाचन घोषणाको स्वागत गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले २०७९/ ३० वैशाखमा एकै चरणमा निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचन गर्ने निर्णय लिएपछि एमालेले त्यस्तो प्रतिक्रिया जनाएको हो । स्थानीय तहको निर्वाचनको मिति घोषणाका लागि एमालेले सरकारमाथि लगातार दबाब बनाउँदै आएको थियो।
चुनाव घोषणा भए पनि सत्तारुढ पाँचदलीय गठबन्धनभित्रैको दाउपेचका कारण जुनसुकै वेला व्यवधान खडा हुन सक्ने भएकाले सतर्कता अपनाउनुपर्ने अवस्था रहेको एमालेको टिप्पणी छ । ‘स्थानीय तहको निर्वाचन घोषणालाई सकारात्मक रूपमा लिएको एमाले उपमहासचिव तथा निर्वाचन विभागका प्रमुख विष्णु रिमालले जानकारी दिएका छन।

स्थानीय निर्वाचन घोषणाका लागि एमालेले एक सातादेखि सडकबाटै दबाब दिन सुरु गरेको थियो । दबाबका लागि एमालेले भ्रातृ संगठनहरूलाई देशभर सडकमा उतारेको थियो । त्यस्तै, केन्द्रीय सचिवालयको पछिल्लो बैठकबाट चुनाव घोषणाका लागि दबाब दिने उद्देश्यले सातवटै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय समेत गरेको थियो ।

नेकपा एमालेले सम्पूर्ण पार्टीपंक्तिलाई चुनावको तयारीका लागि परिचालन हुन आव्हान समेत गरेको छ।


राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

राप्रपाका चार मन्त्रीहरूले बुझाए राजिनामा

वि.सं.२०७९ फागुन १३ शनिवार २०:३३

काठमाडौ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)...

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

सुवासचन्द्र नेम्बाङलाई समर्थन गर्न आग्रह गर्दै माधव नेपाललाई ओलीले लेखे यस्ताे पत्र

वि.सं.२०७९ फागुन १३ शनिवार २०:१०

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति पदमा...

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

प्रचण्डले दोहोरो भुमिका खेले : सुरेन्द्र पाण्डे

वि.सं.२०७९ फागुन १३ शनिवार १९:३४

काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष तथा पुर्व अर्थमन्त्रि सुरेन्द्र पाण्डेले प्रधानमन्त्री प्रचण्डले...

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

नेपाल बुद्धिजीवी परिषद्ले भन्याे,बहुमत ल्याएर चुनाव जित्छौं :एमालेमा जनलहर देखेर विपक्षी अत्तालिए’

वि.सं.२०७९ कात्तिक ३० बुधवार २१:१६

सीता पौडेल(अर्चना) काठमाडौं। नेपाल बुद्धिजीवी परिष्दका अध्यक्ष तथा संरक्षक डा....

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

भाेलि मध्यरातबाट चुनाव प्रसार प्रचार गर्न नपाईने

वि.सं.२०७९ कात्तिक ३० बुधवार १६:१९

कात्तिक ३०,काठमाडौ ।भोलि अर्थात १ मंसिरको मध्यरातबाट चुनाव प्रसार प्रचार...

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै बम बिस्फोट

वि.सं.२०७९ कात्तिक ३० बुधवार १५:५२

कात्तिक ३०,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’...