तामाङ समुदायले आज सोनाम ल्होसार पर्व मनाउँदै

काठमाडौं– तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होसार पर्व विविध कार्यक्रम गरी मनाउँदैछन् । यस पर्वमा तामाङ समुदायले कुल पूजा, प्रकृति पूजा र बुद्धका सन्देशको स्मरण गर्नाका साथै आफन्तजन भेला भई मनोरञ्जन गर्दै आपसमा खुसी आदानप्रदान गर्ने गर्दछन् । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८६१ औँ वर्ष सुरु हुन्छ । आजदेखि गाई वर्ष पूरा गरी…