आज बालाचतुर्दशी : पशुपतिनाथसहित देशभरका शिव मन्दिरमा दीपदान र शतबीज छर्नेको भिड

काठमाण्डौ – आज बालाचतुर्दशी, पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । आजका दिन दीपदान र शतबीज छर्ने गरिन्छ । रातभर दीपदान गरी बसेका भक्तजनले आज बिहानै दिवंगत पितृको नाममा शतबीज छर्ने गर्छन् । हरेक वर्ष मंसिर कृष्ण चतुर्दशीका दिन बाला चतुर्दशी मनाउन देशका विभिन्न ठाउँबाट भक्तजन पशुपतिमा आउने गर्छन् । हिजो…