कला / मनोरञ्जन

नवरात्रको पहिलो दिन : घर घरमा घटस्थापना, शैलपुत्रीको पूजा



काठमाडौँ । नवरात्रको पहिलो दिन आज नेपालीहरू घर घरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्रीको विधिपूर्वक पूजा आराधना गर्दैछन्।

घरको पूजा कोठा वा दशैंघरमा घटस्थापना गरेपछि शैलपुत्री देवीलाई आह्वान गरी पूजा गरिन्छ। नवदुर्गामध्येकी पहिलोदेवी शैलपुत्री दुर्गाको नौ मूर्तिमध्येकी एक हुन्। गिरिराज हिमालयकी पुत्री पार्वती देवी नै शैलपुत्रीको रूपमा परिचित छन्। देवी कवच, मार्कण्डेयलगायत विभिन्न पुराणग्रन्थमा शैलपुत्रीको उल्लेख पाइन्छ। उनी सबैकी अधिश्वरीका रूपमा पूजाआराधना गरिन्छ।

पुराणअनुसार हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनकी पुत्रीका रूपमा उत्पन्न भएकी हुन्। घटस्थापनासँगै काठमाडौं उपत्यका र देशभरका शक्तिपीठमा पूजा, आराधना र दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गरेको छ।

प्रकाशित : ६ आश्विन २०८२, सोमबार, ,