कला / मनोरञ्जन

तपस्याले गायिन ‘मायामा टेन्शन भो’



काठमाडौं,१५ माघ । जेपिजे ईन्टरटेनमेन्ट अमेरिकाले पछिल्लो समय सांगीतिक गतिबिधिमा आफ्नो सकृयता बढाएको छ ।

यसै सिलसिलामा जेपिजे ईन्टरटेनमेन्टको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको दीपेन्द्र खड्काको शब्द, बिकाश चौधरीको संगीत र प्रतिभाशाली गायिका तपस्या राईको स्वर रहेको रोमान्टिक गीतको रेकर्डिङ कार्य सम्पन भएको छ ।

मदन केसीको एरेन्ज रहेको गीतको बरिष्ठ चलचित्र निर्देशक, निर्माता किशोर सुब्बाले भिडियो निर्माण गर्नु हुने भएको छ ।

प्रकाशित : १५ माघ २०८२, बिहिबार, ,