काठमाडौँ । नेपाल सरकारले संयुक्त राज्य अमेरिका र इरान बीच भएको युद्धविराम सम्झौताको स्वागत गरेको छ।
परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमा दुई साताका लागि गरिएको युद्धविरामलाई पश्चिम एसियामा बढ्दो तनाव कम गर्ने सकारात्मक कदमका रूपमा व्याख्या गरिएको छ। यसले संवाद, कूटनीति र मतभेदको शान्तिपूर्ण समाधानका लागि अवसर सिर्जना गर्ने विश्वास सरकारको छ।
सरकारले उक्त युद्धविरामलाई क्षेत्रीय शान्ति र स्थायित्व प्रवर्द्धनतर्फ महत्वपूर्ण पहलका रूपमा लिँदै सबै विवादहरूको समाधान संवादमार्फत गर्नुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा द्वन्द्वका कारण उत्पन्न मानवीय संकटप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सर्वसाधारण नागरिकको सुरक्षा र हित सुनिश्चित गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।
नेपाल सरकारले दिगो शान्ति र स्थायित्वका लागि अन्तर्राष्ट्रिय समुदायबाट भइरहेका सबै प्रयासप्रति समर्थन जनाउँदै सहकार्यको आवश्यकता औँल्याएको छ।























प्रतिक्रिया